LISTEN LIVE RADIO

बालयौन दुव्र्यवहारको कसुरमा सजाय तोकिएका पहरुवा निवासी फरार श्यामलाल चौधरी पक्राउ



बालयौन दुव्र्यवहारको कसुरमा सजाय तोकिएका पहरुवा निवासी फरार श्यामलाल चौधरी पक्राउ

दाङ ६ भदाै । बालयौन दुव्र्यवहारको कसुरमा सजाय तोकिएका राप्ती गाउँपालिका–५ पहरुवाका ५० वर्षीय श्यामलाल चौधरीलाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।

घोराही–१५ अदालत अगाडि हिडिरहेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् । उनका अनुसार चौधरीलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको छ । चौधरीलाई जिल्ला अदालत दाङले बाल यौन दुव्र्यवहार मुद्दामा २०८० जेठ २६ गते पाँच महिना ६ दिन सजायको फैसला गरेको थियो । उनि फैसला पछि फरार थिए ।

प्रहरीले आपराधिक गतिविधिमा संलग्न रही फरार रहेका व्यक्तिहरु सम्बन्धि कुनेपनि सूचना वा जानकारी भए तत्काल जिल्ला प्रहरी कार्यलय दाङमा फोन गर्न भनेको छ । जसका लागि मोवाईल नम्बरहरु ९८५७८९०१०१ र ९८५७८४५१११ मा फोन गर्न अनुरोध गरेको छ । नयाँ युगबाेधबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे