LISTEN LIVE RADIO

भालुवाङका चाट तथा पानीपुरी बेच्ने ठेला व्यापारीलाई सरसफाई गर्न आशाका किरण संस्थाको सुझाव



भालुवाङका चाट तथा पानीपुरी बेच्ने ठेला व्यापारीलाई सरसफाई गर्न आशाका किरण संस्थाको सुझाव

भालुवाङ ६ भदौ । दाङको राप्ती गाउँपालिकामा रहेका आशाका किरण संस्थाले भालुवाङका चाट तथा पानीपुरी बेच्ने ठेला व्यापारीलाई सरसफाई गर्न सुझाव दिएको छ ।ठेलामा राखि चाट तथा पानीपुरी बिक्री गर्ने व्यापारीहरुले सरसफाईमा ध्यान नदिएको पाइए पछि उनीहरुलाई सरसफाईका बारेमा सचेत गराउन तथा आफु र खानेकुराहरु समेत सफा राखि बिक्री वितरण गर्न संस्थाका अध्यक्ष अशोक बेल्वासेले सुझाव दिएका छन् । भालुवाङ पुल्चोक क्षेत्रमा ठेला व्यवसायी गर्ने व्यापारीहरुलाई एकै ठाउँमा राखेर संस्थाका अध्यक्ष बेल्वासेले सवैलाई सरसफाईमा ध्यान दिन सुझाव दिएका छन् ।शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा आशाका किरण संस्थाले बढी मात्रमा काम गर्दै आएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री घर्ती क्षेत्री, सचिव थमन राना, सदस्यहरु लक्ष्मी पोख्रेल, सिर्जना थापा, स्वस्तिका खनाल, सुस्मिता थापा क्षेत्री, प्रेस संयोजक ओमप्रकाश गुप्ता, सञ्चारकर्मी मोतीराम भट्टराई लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे