सर्वहित सहकारीले चलायो गाउँगाउँमा सहकारी सचेतना कार्यक्रम



सर्वहित सहकारीले चलायो गाउँगाउँमा सहकारी सचेतना कार्यक्रम

भालुवाङ २० साउन । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको सर्वहित बचत तथा ऋण सहकारी संस्थाले गाउँ गाउँमा सहकारी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले शनिवार राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर (स्वीजरल्याण्ड) मा सहकारी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वार्षिक कार्ययोजना अनुसार नै कार्यक्रम सञ्चालन गरेको संस्थाका व्यवस्थापक शिशिर चौधरीले जानकारी दिएका छन् । सहकारीको अर्थ, शेयर सदस्यको काम, कर्तब्य र अधिकार, सहकारीको इतिहास, भविष्य तथा पाईरहेका सेवा सुबिधा, बचत तथा ऋण प्रवाह, संस्था स्थापना देखि हाल सम्मको आर्थिक अवस्था लगायतका विषयमा जानकारी गराइएको थियो ।

बसन्तपुर र भानपुर गाउँका ७७ जना शेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष जागेन्द्र चौधरी, लेखा संयोजक शरद चौधरी र व्यवस्थापक शिशिर चौधरीले प्रशिक्षण दिएका थिए । शिक्षा उपसमितिका संयोजक हंशराज चौधरीको अध्यक्षता एवम् बसन्तपुर गाउँसुधार समितिका सल्लाहकार जलिराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा संस्थाले स्वीजरल्याण्ड पार्कका लागि एक वटा नल्की अर्थात हेण्डपाइप प्रदान गरेको छ । भरत चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक शिशिर चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे