स्वर्गीय भुमा विकको सम्झनामा श्रद्धाञ्जली सभा



स्वर्गीय भुमा विकको सम्झनामा श्रद्धाञ्जली सभा

भालुवाङ २० साउन । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले पुर्व जनमुक्ती सेना नेपालका बटालियन कमाण्डर तथा राप्ती गाउँपालिका कार्यपालिका सदस्य  रणबहादुर पुजालीकी धर्मपत्नी भुमा विकको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

स्वर्गीय विकको साउन १४ गते पाठेघर क्यान्सरबाट निधन भएको थियो । पार्टीले शनिवार स्वर्गीय विको निवास राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा ७ औं दिनका दिन श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको हो । पार्टीका राप्ती गाउँपालिका संगठन कमिटिका अध्यक्ष नारायण शर्माको अध्यक्षता एवम् पार्टीका लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य सुवास पुनको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै पुनले विकको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएका छन् ।

जनयुद्धको स्मरण गर्दै पुनले भने, ‘उनको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान, इमान्दार र वर्गप्रति दृढ कार्यकर्ता गुमाएको बताए । सभामा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पार्टीका राप्ती गाउँपालिका इन्चार्ज चित्रबहादुर थापा, पुनम शेर्पाली लगायतका वक्ताहरुले शोक मन्तव्य व्यक्त गरेका थिए । स्वर्गीय विकको जीवनका बारेमा श्रीमान रणबहादुर पुजालीले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका संगठन कमिटिका सचिव बसन्त नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे