LISTEN LIVE RADIO

झापाको जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप हुँदा आगलागी



झापाको जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप हुँदा आगलागी

बिर्तामोड १९ साउन । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ । कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको बुझिएको छ ।

झडपका क्रममा कारागारभित्र आगलागी समेत भइरहेको छ । आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ । कारागारभित्र ढुङ्गा हानाहान भइरहेको छ, बाहिर क्षेत्रमा धुवा देखिएको छ । अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचाल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे