LISTEN LIVE RADIO

देउखुरीमा सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते



देउखुरीमा सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते

लमही १४ साउन । दाङमा सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको झिमरुक गाउँपालिका प्युठानको बा २ झ ४५४६ नम्बरको स्कारपियोले पूर्वबाट पश्चिम जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाइकल लाई लमही नगरपालिका -७ बनगइ जङ्गलमा ठक्कर दिएको थियो ।

लमही नगरपालिका -९ तेलिया निवासी ३३ बर्षिया मोटरसाइकल चालक अमृत राजकोटी र सोही ठाउँ निवासी ५३ बर्षिया भिमबहादुर कुमाल गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए । घाइतेहरूलाई प्राथमिक उपचारको लागि लमही अस्पताल उपचार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे