LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाको कुल बजेटको ८७ प्रतिशत बजेट खर्च



राप्ती गाउँपालिकाको कुल बजेटको ८७ प्रतिशत बजेट खर्च

भालुवाङ ३१ असार । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को कुल बजेटको ८७ प्रतिशत बजेट खर्च गरेको छ । भने १३ प्रतिशत बजेट नआउँदा खर्च हुन नसकेको हो ।

कुल ७२ करोड २२ लाख २४ हजार बजेट मध्ये ८७ प्रतिशत अर्थात ६२ करोड ७३ लाख ४२ हजार ६ सय ४७ रूपैयाँ बजेट खर्च गरेको छ । त्यस्तै ९ करोड ४८ लाख ८१ हजार ३ सय ५२ रूपैयाँ ८५ पैसा खर्च गर्न सकेन । भने १ करोड ५७ लाख ७७ हजार ७९ रूपैयाँ १३ पैसा फ्रिज भएको छ ।

चालू तर्फ कुल ४७ करोड ६९ लाख ३५ हजार मध्ये ४० करोड ६९ लाख २९ हजार अर्थात ८५.३२ प्रतिशत बजेट खर्च भएको राप्ती गाउँपालिका लेखा अधिकृत धनप्रसाद शर्माले जानकारी दिएका छन् । पुँजीगत तर्फ कुल २४ करोड ५९ लाख ३८ हजार रकम मध्ये २२ करोड ३ लाख २१ हजार अर्थात ९० प्रतिशत बजेट खर्च भएको लेखा अधिकृत शर्माले जानकारी दिएका छन् ।

यस्तै संघ र प्रदेशबाट आएको कुल ३३ करोड ११ लाख ५४ हजार ५ सय ५३ रूपैयाँ मध्ये ३१ करोड ५३ लाख ९१ हजार ५ सय ९७ रूपैयाँ अर्थात ९५.२४ प्रतिशत बजेट खर्च भएको छ । भने १ करोड ५७ लाख ६२ हजार ९ सय ५६ रूपैयाँ अर्थात ४.७६ प्रतिशत बजेट फ्रिज भएको लेखा अधिकृत शर्माले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे