LISTEN LIVE RADIO

देउखुरीको फल्कापुरमा २ बस एक आपसमा ठोक्किएर दुर्घटना : १ को मृत्यु, दर्जन बढी घाइते



लमही ५ जेठ । दाङ देउखुरीको फल्कापुरमा २ बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा रोल्पा रुन्टीगढी ७ कि ४२ वर्षिया शाेभा परियार रहेकी छन । शाेभाका दुई छोरा पनि दुर्घटनामा परि घाइते भएका छन । लमही भालुवाङ सडक खण्डको लमही नगरपालिका ३ फल्कापुरमा बस एक आपसका ठोक्किएर दुर्घटना भएको हो । बिरगंजबाट तुलसीपुर जाँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस र लमहीबाट सिसहनियाँ तर्फ नम्बर लिन जाँदै गरेको लु २ ख ७८५ नम्बरको माइक्रोबस  शुक्रवार विहान साढे ५ बजेकाे समयमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

बिरगंवबाट तुलसीपुर जादै गरेको बसमा बारा जिल्लाबाट ईटा भट्टामा काम गरेर घर रोल्पा फर्किदै गरेका मजदुर सवार रहेका थिए । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन । दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन ती मध्य ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगन्ज तर्फ रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे