LISTEN LIVE RADIO

सर्वोदय मावि सिसहनियाँले ५ महिना पछि पायो विव्यस अध्यक्ष



सर्वोदय मावि सिसहनियाँले ५ महिना पछि पायो विव्यस अध्यक्ष

सिसहनियाँ ४ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको सर्वोदय मावि सिसहनियाँले ५ महिना पछि वि.व्य.स अध्यक्ष पाएको छ ।

अध्यक्ष हुनका लागि मदन अधिकारी र बिर्खबहादुर महराले आ–आफ्नो अडान नछोडेपछि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको थिए । लामो प्रयास, संवाद र छलफल पछि बुधबार बसेको बैठकबाट अध्यक्ष पदका दाबेदार दुवै जना पछाडी हटेपछि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी चयन भएका छन् ।

नव गठित समितिको सदस्य सचिवमा विद्यालयका प्रअ गोविन्दबहादुर केसी, सदस्यहरुमा रिता बुढा, बिरगनु चौधरी, मदन अधिकारी, ओमनाथ बञ्जाडे, बिर्खबहादुर महरा, श्यामा रावत र शोबबहादुर मल्ल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे