प्रदेशसभा भवन निर्माणको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायद्धारा प्लेकार्ड पदर्शन



भालुवाङ ११ बैशाख । लुम्बिनी प्रदेशसभा भवन निर्माणको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायले आज सोमबार प्रदेशसभा गेट अगाडी प्रदर्शन गरेका छन् । प्रदेशसभा भवन निर्माण तथा मन्त्रालय व्यवस्थापन एवम् कर्मचारी रुम लगायत व्यवस्थापन गरे बाफतको करिब १२ करोड बढी रकम भुक्तानी नगरेको भन्दै आज पहिलो दिन सांकेतिक प्लेकार्ड सहित प्रदेशसभाको गेट अगाडी प्रदर्शन गरेका हुन् ।

प्रदेशसभा भवन निर्माण भई प्रयोगमा आएको ६ महिना बितिसक्दा पनि प्रदेश सरकारले भुक्तानी गर्न आलटाल गरेको भन्दै सरकारलाई दबाब दिन प्रदेशसभाको बैठक बस्नु अघि प्रदेशसभाको गेट अगाडी निर्माण व्यवसाय यज्ञ केसी नेतृत्वको एक निर्माण व्यवसायको समूहले विभिन्न दबाबमूलक नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । बिहान ९ बजेदेखि ११ बजे सम्म प्रदेशसभा बैठकका लागि मन्त्री तथा सांसदहरु जानेक्रममा दबाब दिनका लागि उक्त प्लेकार्ड प्रदर्शन गरिएको निर्माण व्यवसाय यज्ञ केसीले बताए ।


यता प्रदेशसभा बैठकमा सहभागी हुन जाँदै गर्नु भएका प्रदेश सरकारका मन्त्री तथा सांसदहरुले भने निर्माण व्यवसायले उठाएको माग प्रति सकरात्मक रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले यस बिषयमा संसद बैठकमा आवाज उठाउने र सरकार संग आवश्यक पहल गर्ने बताएका छन् ।

निर्माण व्यवसायहरुले प्रदेश सरकार भुक्तानी खोइ ?, प्रदेशसभा बन्द गर, निर्माण व्यवसायलाई भुक्तानी गर, निर्माण व्यवसाय मार्न पाइदैन, तलबभत्ता खाना पाइदैन, दिनरात निर्माण व्यवसायलाई काम गराइयो, भुक्तानी दिंदा अप्ठ्यारोमा पारियो र मजदुरलाई काम कजाई छ, नेताहरुलाई रजाई छ, जस्ता नाराहरु लेखिएको प्लेकार्ड सहित निर्माण व्यवसायहरु सुरेश घिमिरे, शरद गिरी, मुक्त जिसी, राजेन्द्र श्रेष्ठ, अभिनास भट्टराई र हिमाल अधिकारी लगायतले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे