दाङको राप्ती गाउँपालिकामा राप्ती निर्माण अभियानको शुभारम्भ, सकरात्मक सोच लिएर अघि बढ्न सुझाव



भालुवाङ ९ वैशाख । दाङको राप्ती गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरि राप्ती निर्माण अभियान शुभारम्भ गरेको छ ।

राप्ती निर्माण अभियानलाई सफल बनाउनका लागि जनप्रतिनिधि, कर्मचारी र सराेकारवालाहरुलाई सकारात्मक साेचकाे विकास गराउन प्रशिक्षित समेत गरिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीकाे प्रमुख आतिथ्यता र सभामुख तुलाराम घर्ती मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एच.डि.मानव चेतना एवम् याेग विज्ञान (जीवनशैली प्रशिक्षक)डाक्टर राजु अधिकारी,पुर्व सचिव ,स्थानीय सरकार सञ्चालन ऐन निर्माणकर्ता रेश्मिराज पाण्डे र सरसफाइ अभियानता नमराज काफ्लेले सकारात्मक साेच सम्बन्धी आ-आफ्नाे प्रस्तुती राखेका थिए ।

कार्यक्रममा पालिका भित्रका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका प्रमुख, विभिन्न संघ सस्थाका प्रमुख, सामुदायिक वनका प्रमुख, टाेल विकास संस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुख, शिक्षक, पत्रकार लगायतकाे सहभागीता रहेको थियो । साथै कार्यक्रमका सहभागीहरुले विभिन्न पाँच बुदे प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे