आशाका किरण संस्थाद्वारा पुण्यको काम,एक विपन्न बालकलाई स्कुल ड्रेस लगायत शैक्षिक सामाग्री प्रदान



भालुवाङ ९ वैशाख । दाङकाे राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले पुण्यको काम गरेको छ ।

शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको सो संस्थाले राप्ती गाउँपालिकाको विकट पहाडी गाउँ वडा नम्बर ९ का एक अति विपन्न बालकलाई स्कुल ड्रेस सहित शैक्षिक सामाग्री सहयोग गरेको छ । शनिबार संस्थाका अध्यक्ष अशोक बेल्वासेको नेतृत्वमा गएको एक टोलीले सोही वडाको साेतीटाेला निवासी देवि प्राथमिक विद्यालय मसुरिडाँडामा कक्षा १ मा अध्यनरत अति विपन्न ७ वर्षिय बालक गाेबिन्दबहादुर थापा मगरलाई स्कुल ड्रेसका साथै अन्य श‌ैक्षिक सामाग्री सहयोग गरेको छ । वडा अध्यक्ष रिमबहादुर सुनारी मगरको रोहवरमा उक्त सामाग्री बालकका परिवारलाई हस्तान्तरण गरिएको छ ।

यश अघि राप्ती गाउँपालिका वडा नम्बर ९ ले पनि शैक्षिक सामाग्री प्रदान गरि ड्रेस,चप्पल कापी, किताब, झाेला, लगायत सम्पूर्ण पढाइ खर्च वडा कार्यलयले व्यहोर्ने बताइसकेको छ ।
सानै उमेरमा आमा गुमाएका गाेविन्दका बाबु खिम बहादुर थापा मगर विगत दुई वर्ष अघि देखि मजदुरीकाे शिलसिलामा भारतमा रहेका छन्।

उनकाे दुई भाइ छाेराहरु मध्ये गाेविन्द कान्छा छाेरा हुन् भने अर्का जेठा छाेरा १२ वर्षका राम बहादुर थापा मगर छन् । उनीले पनि केही महिना अगाडि आर्थिक अभावकै कारण बिचमै पढाइ छाडेका थिए। गाेविन्द हाल उनै दाजु सँगै घरमा बस्दै आएका छन्।

एक वर्ष पहिले विद्यालयमा भर्ना भएका गाेविन्द शुरु शुरुमा केही मानसिक रुपमा विछिप्त देखिए पनि हाल भने सामान्य विद्यार्थी सह्र रहेको विद्यालयका प्रधानाध्यापक गाेकर्ण पाैडेलले बताए । केही दिन देखि उनकाे सामाजिक सञ्जालमा समेत चर्चा हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे