राप्ती गाउँपालिकाद्वारा अग्नीपिडित ओली परिवारलाई नगद सहित राहत सामाग्री प्रदान



भालुवाङ ९ वैशाख । दाङको राप्ती गाउँपालिकाले अग्नीपीडित एक घरपरिवारलाई राहत प्रदान गरेको छ ।

शनिबार दिउँसो भएको आगलागीबाट विस्थापित भएका राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेमबहादुर ओलीकाे घरपरिवारलाई नेपाल रेडक्रस साेसाईटी उपशाखा लालमटियाकाे समन्वयमा नगद, खाद्यान्न सहित अन्य राहतका सामग्री प्रदान गरेको हो ।

आगलागीबाट विस्थापित ओली परिवारलाई नगद १० हजार रुपैयाँ सहित चामल, नुन, तेल, दाल, भाडाकुडा, बल्याङकेट र त्रिपाल प्रदान गरेको छ । राहत सामग्री गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, नेपाल रेडक्रस साेसाईटी उपशाखा लालमटियाका सभापति किरण भण्डारी र सचिव हरिप्रसाद भुसाल तत्कालै पीडितकाे घरैमा पुगेर राहत प्रदान गरेका हुन् ।

दिउँसो करिब साढे बाह्र बजे विद्युत सर्ट भई लागेको आगोले ओलीको अन्दाजी ५ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी चाैकी मसुरीयाका प्रहरी नायव निरिक्षक निमबहादुर खत्रीले जानकारी दिएका छन् । राहत प्रदानपछि गाउँपालिकाका अध्यक्ष विष्टले गर्मीयामकाे समय शुरुआत भए सँगै आगलागीका घटनाहरु दिन प्रति दिन बढ्न सक्ने भएकाले त्यस्ता घटना राेक्नका लागि सबैले विशेष ध्यान दिनुपर्ने बताए । त्यस्तै उनले पिडीत घरपरिवारलाई थप सहयोगका लागि आफुले पहल गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे