दलित भन्ने शब्द अन्त्य गरिनुपर्छ : पुर्व सभामुख महरा



भालुवाङ ६ वैशाख । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष तथा पुर्व सभामुख कृष्णबहादुर महराले दलित भन्ने शब्द अन्त्य गरिनुपर्ने बताएका छन् ।

अझै पनि दुरदराजमा जातिय विभेद कायमै रहेकोले जातिय अन्त्यका लागि अझ संघर्ष गर्न आवश्यक रहेको महराले बताएका छन् । नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई बुधबार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सम्बोधन गर्दै महराले सो कुरा बताएका हुन् । मानव जातीमा केवल २ वटा मात्र थर रहेको भएपनि समाजमा अझै पनि दलितको नाममा विभेद कायमै रहेको बताएका छन् ।

त्यस्तै उनले माओवादीको संगठन बिग्रेकाले विग्रेको संगठनलाई सुर्धान जनता माझ जानुपर्ने अवस्था आएको बताए । यसै बीच फरक प्रसंगमा महराले अहिलेको सरकार यथास्थितिमा सञ्चालन हुने र बिग्रेको अर्थतन्त्रलाई सुधार गर्दै लैजाने बताएका छन् ।

नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष कर्मलाल परियारको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष तथा पुर्व सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष दलजित सेर्पाइली, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सेर्पाइली, मोर्चाका केन्द्रीय सह-इन्चार्ज परशुराम रङतेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । हिरा विकको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन अडिग विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे