निलसागर राप्तीले गरायो बर्दियाका राजेश चाैधरीलाई पारिवारिक पुर्नमिलन



भालुवाङ ६ वैशाख । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरीमा रहेको निलसागर सेवा आश्रमले आश्रममा रहेका २६ वर्षिय राजेश चाैधरीलाई बुधबार पारिवारिक पुर्नमिलन गराएको छ ।

आश्रमले बुधबार आश्रममा एक कार्यक्रमको आयोजना गरि पारिवारिक पुर्नमिलन गराएको हो । २ महिना अगाडि इलाका प्रहरी कार्यालय सिसहनियाँले सिसहनियाँ बजारबाट उनलाई उद्धार गरेका थिए । उक्त युवकले आफ्नो पारिवारिक घटना विवरण बताएपछि फोन सम्पर्क मार्फत बहिनी संगिता चाैधरीले दाइ राजेश चाैधरीलाई लिन आएको आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चाैधरीले जानकारी दिएका छन् ।

बर्दिया जिल्ला मधुवन नगरपालिका २ रजवारा निवासी राजेश चाैधरी कामको शिलशिलामा २ महिना अगाडि घरबाट निस्केका थिए । मानसिक सन्तुलन बिग्रेका चाैधरीलाई प्रहरीले उद्वार गरेको थियो । २०७६ साल मंसिर २७ गतेबाट सञ्चालनमा आएको आश्रममा हाल ३ महिला र २२ जना पुरूष गरि २५ जना सडक आश्रित मानवहरू रहेका छन् ।

संस्थापक अध्यक्ष प्रकाश विष्टको ससुराली घरमा सञ्चालन रहेको आश्रममा जन्म दिन, वैवाहिक वर्षगाँठ तथा अन्य शुभ कार्यका लागि विभिन्न व्यक्तिहरूले खाद्यान्न, फलफूल तथा भाैतिक सामाग्री सहयोग गर्दै आएपनि आफ्नो नीजि भवन नहुँदा आश्रम सञ्चालन गर्न समस्या हुने कार्यवाहक अध्यक्ष चाैधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे