बि एण्ड बि होटल लमहीका सञ्चालक भुसाल मानव वेचविखन तथा ओसारपसार आरोपमा पक्राउ



लमही ६ वैशाख । दाङ प्रहरीले मानव वेचविखन तथा ओसारपसार आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमही नगरपालिका-५ लमही बजारमा बि एण्ड बि होटल संचालन गर्दै आएका ४४ वर्षिय नुमाराज भुसाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिएका छन् ।

डिएसपी गौतमका अनुसार भुषालले होटलमा कामको खोजीमा आएका पिडित महिलाद्वयलाई विभिन्न किसिमको प्रलोभन देखाई विगत २०७९ साल मंसिर महिनादेखि पटक-पटक परपुरुष संग शारिरीक सम्बन्ध राख्न लगाएको आरोप छ ।

पिडीतद्वयले आफूहरुलाई निश्चित रकम र डर त्रास दिएर जबरजस्ती शारिरीक सम्बन्ध गास्न लगाएको भन्दै प्रहरी प्रशासनमा उजुरी दिएका थिए । प्रहरीले होटलका संचालक भुषाललाई वैशाख ४ गते पक्राउ गरी मानव वेचविखन तथा ओसारपसार मुद्दा दर्ता गरी थप अनुसन्धान गरी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे