सडकका रुख कटिएकै कारण सडक डिभिजनका प्रमुखलाई पनि पक्राउ पूर्जी



सडकका रुख कटिएकै कारण सडक डिभिजनका प्रमुखलाई पनि पक्राउ पूर्जी

देउखुरी ६ वैशाख । पूर्व–पश्चिम राजमार्ग खुला गर्ने नाममा काटिएका रुखहरुको बारेमा अनुसन्धान गर्न तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई पनि छानबिनको लागि पक्राउ पूर्जी जारी गरिएको छ ।

तर कार्यालय प्रमुख जैसवाल सरुवा भएर बुटवल गएकाले बयानको लागि सम्पर्कमा नआएको वन डिभिजन कार्यालय देउखुरीका सहायक वन अधिकृत छोटेलाल चौधरीले बताए । जिल्ला अदालत दाङले चैत २३ गते कार्यालय प्रमुख जैसवालको नाममा पनि पक्राउ पूर्जी जारी गरेको थियो । सडकले सोही समयमा सार्वजनिक सूचना जारी गरेको र सोही सूचनालाई आधार बनाएर रुख कटानी भएको देखिन्छ सहायक वन अधिकृत चौधरीले भने– ‘कार्यालय प्रमुखको सरुवा भएको भन्ने कुरा छ । उनले बयानको लागि आउने कुरा सुनेको छु ।’

सडक डिभिजन कार्यालय दाङले राजमार्ग खुला गर्न १५ दिने सूचना जारी गरेको थियो । त्यही सूचनाको आधारमा राजमार्ग क्षेत्रमा पर्ने रुखहरु काटिएका थिए । त्यही समयमा राजधानी कार्यान्वयन र स्वागतको लागि झाडी सरसफाइ अभियान चलाइएको थियो । सोही क्रममा दुई हजार सात सय बुटा, बुट्यान र रुख काटिएका थिए । सडक डिभिजन कार्यालय दाङले ०७९ मंसिर २० गते सडकको क्षेत्राधिकार खाली गर्ने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको थियो । त्यो सूचनामा पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडकखण्डको केन्द्रबिन्दु दायाँबायाँ ३१÷३१ मिटरभित्र रहेका संरचना तथा अन्य सामग्रीहरू सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन तथा खाली गर्न भनिएको थियो ।

खुला गर्ने नाममा काटिएका रुखहरुको बारेमा अनुसन्धान गर्न तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई पनि छानबिनको लागि पक्राउ पूर्जी जारी गरिएको छ । तर कार्यालय प्रमुख जैसवाल सरुवा भएर बुटवल गएकाले बयानको लागि सम्पर्कमा नआएको वन डिभिजन कार्यालय देउखुरीका सहायक वन अधिकृत छोटेलाल चौधरीले बताए । जिल्ला अदालत दाङले चैत २३ गते कार्यालय प्रमुख जैसवालको नाममा पनि पक्राउ पूर्जी जारी गरेको थियो । सडकले सोही समयमा सार्वजनिक सूचना जारी गरेको र सोही सूचनालाई आधार बनाएर रुख कटानी भएको देखिन्छ सहायक वन अधिकृत चौधरीले भने– ‘कार्यालय प्रमुखको सरुवा भएको भन्ने कुरा छ । उन बयानको लागि आउने कुरा सुनेको छु ।’

सडक डिभिजन कार्यालय दाङले राजमार्ग खुला गर्न १५ दिने सूचना जारी गरेको थियो । त्यही सूचनाको आधारमा राजमार्ग क्षेत्रमा पर्ने रुखहरु काटिएका थिए । त्यही समयमा राजधानी कार्यान्वयन र स्वागतको लागि झाडी सरसफाइ अभियान चलाइएको थियो । सोही क्रममा दुई हजार सात सय बुटा, बुट्यान र रुख काटिएका थिए । सडक डिभिजन कार्यालय दाङले ०७९ मंसिर २० गते सडकको क्षेत्राधिकार खाली गर्ने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको थियो । त्यो सूचनामा पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडकखण्डको केन्द्रबिन्दु दायाँबायाँ ३१÷३१ मिटरभित्र रहेका संरचना तथा अन्य सामग्रीहरू सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन तथा खाली गर्न भनिएको थियो । नयाँ युगबाेधबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे