दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु



दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु
दाङ ४ वैशाख । दाङमा मोटरसाइकलमा सवार दुई जनाको ट्रकको ठक्करबाट मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले दुबै मृतकको सनाखत हुन बाँकी रहेको बताए।
तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो।
दुर्घटनाका घाइतेमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्का घाइतेलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको डिएसपी गौतमले बताए।
स्थानीयका अनुसार मोटरसाइकल गाउँबाट खैराचोकमा आउँदै थियो भने ट्रक नारायणपुरबाट तुलसीपुरतर्फ जाँदै थियो। दुबै सवारी तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे