दाङकाे मसाेटमा पल्टिन लागेको बसबाट हाम फाल्दा १ जनाकाे मृत्यु, ३ जना घाइते



लमही २ वैशाख । दाङको घाेराहीबाट बुटवल जाँदै गरेको मिनि बस मसाेटको तेस्रो घुम्तीमा ब्रेकफेल भई पल्टिन लागेको बसबाट हाम फाल्दा एक जना मृत्यु भएको छ ।

शनिवार दिउँसो पाैने १ बजेको समयमा घाेराहीबाट बुटवल जाँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनि बसमा सवार बंगलाचुली गाउँपालिका वडा नम्बर ६ लापे निवासी ३० वर्षिय यमि घर्ती मगर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते अवस्थामा रहेका घर्तीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

बसमा सवार मृतक घर्तीकाे ५ वर्षिय छाेरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका वडा नम्बर २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ निवासी ५ वर्षिय सुरज बस्नेत घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । बसमा २५/२६ जना यात्रु सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे