LISTEN LIVE RADIO

देउखुरीमा एक्कासी ट्याक्टरमा आगलागी हुँदा पुर्णरुपमा जलेर क्षेती



 दाङ १० चैत । देउखुरीमा एक्कासी ट्याक्टरमा आगलागी हुँदा पुर्णरुपमा जलेर क्षेती भएको छ । लमही नगरपालिका वडा नम्बर ७ हसनापुर स्थित ट्राफिक चेकिङमा रोकिराखेको ट्याक्टरमा आगलागी भएको हो ।

सम्राट सिमेन्ट कम्पनीबाट सिमेन्ट लोड गरी लु १ त ७६०६ नम्बरको ट्याक्टर पश्चिम तर्फ जाँदै गर्दा तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ ।त्यस्तै ट्याक्टर सिमेन्ट कम्पनीको आफ्नै रहेको बुझिएको छ ।आगलागीबाट मानबिय क्षेती भने भएको छैन । लमही नगरपालिकाको दमकलले आगो नियन्तरणमा लिएको हो । ट्याक्टरमा रहेको सिमेन्ट सकुशल रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे