LISTEN LIVE RADIO

दाङमा हत्या आरोपमा पक्राउ परेका गोविन्द घर्ती विरुद्ध कर्तब्य ज्यानमा मुद्धा दर्ता



दाङमा हत्या आरोपमा पक्राउ परेका गोविन्द घर्ती विरुद्ध कर्तब्य ज्यानमा मुद्धा दर्ता

दाङ २५ पुस । ब्यक्ति हत्याको आरोपमा दाङ प्रहरीले दुई वर्षपछि पक्राउ परेका एक जना अभियुक्त विरुद्ध कर्तब्य ज्यानमा मुद्धा दर्ता गरेको छ ।

घोराही १ रामपुर वुका निवासि माधव पाण्डेका छोरा निराजन पाण्डेको हत्याको आरोपमा मुख्य योजनाकारसहीत आफै संलग्न रहेको प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय दाङले केही दिन पहिले घोराही १ वुकावाट गोविन्द घर्तिलाई पक्राउ गरेको हो । निराजनका वुवा माधवले आफ्नो छोराका हत्यामा गोविन्द आफै संलग्न भएको जाहेरी दिएपछि उनिमाथि अनुसन्धान गर्न प्रहरीले दुई वर्षपछि पक्राउ गरेको हो ।

उनी विरुद्ध प्रहरीले कर्तब्य ज्यान कसुरमा प्रहरीले अनुसन्धान गरेको हो । विशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालय दाङवाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको र कर्तब्य ज्यानमा मुद्धा दर्ता हुने मुद्धा फाटका प्रहरी निरीक्षक सन्जिव वेलवासेले जानकारी दिए । दुई वर्ष अगाडि गोविन्दले आफै नै आफ्नो छोराको हत्या गरेको पिडित निराजनका वुवा माधबले बताए । उनले यसपालि आफुले न्याय पाउने विश्वास ब्यक्त गरे ।

गोविन्दसहित स्थानीय केही युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि अनुसन्धान गरेर पक्राउ परेका केही युवाहरुलाई छाडेको छ भने गोविन्दमाथि घटना वारे थप अनुसन्धानका लागि प्रहरीले हिरासत राखेको छ । केही समय अगाडि घोराही १ रामपुर वुकास्थित वडा कार्यालयमा वडा अध्यक्षसहित वडाका कर्मचारीहरुलाई सार्वजनिक सेवा प्रवाहमा ढिला सुस्ति भएको भन्दै दुब्यर्वहारसहीतको घटनामा पनि उनि संलग्न रहेको प्रहरी अनुसन्धानवाट खुलेको छ । गोविन्द आपराधिक पृष्ठभुमिको रहेकाले उनिमाथि घटना अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे