LISTEN LIVE RADIO

दाङकाे देउखुरीमा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ



दाङकाे देउखुरीमा १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

लमही २२ पुस । दाङकाे देउखुरीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् ।

उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवले ती बालिकालाई सोही नगरपालिका–९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे