LISTEN LIVE RADIO

बंगलाचुली गाउँपालिकाको हिउँदे अधिवेसन एवं गाउँसभा सम्पन्न



बंगलाचुली गाउँपालिकाको हिउँदे अधिवेसन एवं गाउँसभा सम्पन्न

दाङ २२ पुस । दाङको बंगलाचुली गाउँपालिकाको दोस्रो गाउँसभा तथा दोस्रो हिउँदे अधिवेसन आज सम्पन्न भएको छ ।

गाउँसभाले आर्थिक वर्ष २०७९÷०८० का लागि पालिकाका विभिन्न योजनाहरु सम्पन्न गर्नका लागि बजेट संसोधन गरेको छ । गाउँपालिकाले शिक्षा,स्वास्थ्य,खानेपानी,भौतिक पूर्वाधार, विपद व्यवस्थापन,संस्थागत विकास जस्ता क्षेत्रमा अपुग हुने रकमलाई संसोधन गरेको हो ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर “शुवास“को अध्यक्षतामा सम्पन्न भएको गाउँ सभामा उपाध्यक्ष भक्त बहादुर जिसीले वजेट संसोधन प्रस्ताव पेश गरेका थिए ।

उपाध्यक्ष जिसीले पेशगरेको प्रस्तावलाई सभाका सदस्यहरुले पास गरेका थिए। त्यसैगारी गाउँपालिका अध्यक्ष पुनले गाउँपालिकाको गत तथा चालु आर्थिक वर्षको कार्यकालमा कार्यपालिकाद्धारा गरेका महत्त्वपूर्ण कार्यहरु, यस आर्थिक वर्षको कार्यान्वयनको अवस्था लगायतका प्रगतीसँग समिक्षात्मक प्रतिवेदन पेश गरेका थिए ।

यसैगरी, सभामा बंगलाचुली गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक भक्त बहादुर जि.सी.ले बंगलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को न्यायिक समितिको प्रगती सम्बन्धी प्रस्ताव पेश गरेका थिए । गाउँसभामा सभासका सम्पूर्ण सदस्या, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे