LISTEN LIVE RADIO

भालुवाङ खानेपानीकाे निर्वतमान कार्यसमितिलाई बिदाई तथा निर्वाचन समितिलाई सम्मान



भालुवाङ २२ पुस । भालुवाङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा निर्वतमान कार्यसमितिलाई बिदाई तथा निर्वाचन समितिलाई सम्मान कार्यक्रम शुक्रबार भालुवाङमा सम्पन्न भएको छ ।समितिका अध्यक्ष हस्तबहादुर गुरूङको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रममा प्रमुख अतिथि सुवेदी र समितिका अध्यक्ष गुरूङले निर्वतमान कार्यसमितिलाई कदर पत्र सहित बिदाई तथा निर्वाचन समितिलाई सम्मान पत्र सहित सम्मान गरेका थिए ।समितिका उपाध्यक्ष रिखीराम आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा समितिका निर्वतमान लेखा समिति संयोजक ठाकुरप्रसाद आचार्य, निर्वाचन समितिका संयोजक महेश रिजाल, निर्वाचन समितिका सदस्य दामोदर भण्डारी, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, लिटिल एन्जसका प्रबन्ध निर्देशक शोभाखर भुसाल, खानेपानीका निर्वमान सदस्य हुमी कुमारी राना, टोल विकास समितिको तर्फबाट भिमलाल न्याैपाने लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव गोपाल चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे