लुम्बिनी प्रदेशको ५ वर्षे कार्यकाल उपलब्धीमुलक भयो : सञ्चारमन्त्री शर्मा



लुम्बिनी प्रदेशको ५ वर्षे कार्यकाल उपलब्धीमुलक भयो : सञ्चारमन्त्री शर्मा

भालुवाङ १२ पुस । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशले मंगलबार प्रदेश सरकारका मुख्य गाैरवका आयोजनाहरूको जानकारी गराएको छ ।

सितगंगा नगरपालिका ८ सातमारामा आयोजना गरिएको लुम्बिनी प्रदेश सरकारका मुख्य गाैरवका आयोजनाहरूको बारेमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले समग्र ५ वर्षको समीक्षा गर्दै आफ्नो कार्यकालमा भएका ५५ वटा महत्त्वपूर्ण गाैरवका आयोजनाहरूको बारेमा जानकारी गराउँनुका साथै आफ्नो कार्यकालमा महत्त्वपूर्ण सहयोग गर्ने अस्थायी मुकाम र स्थायी राजधानीबासीहरूलाई धन्यवाद दिएका थिए ।

मन्त्री शर्माले ५ वर्षेकालमा शिक्षा, स्वास्थ्य, सञ्चार, भाैतिक पुर्वधार लगायत महत्त्वपूर्ण काम भएको र सोचे जस्तो उपलब्धि भएको बताएका छन् । साथै उनले मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारले बिदा हुने बेला सम्ममा अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आफ्नै संरचनामा राजधानी सार्न सफल भएको बताएका छन् । र केही सर्ने क्रममा रहेको बताएका छन् । साथै उनले अब नयाँ सरकार गठनको प्रक्रियामा रहेको र त्यो भन्दा पहिला पुसको सम्भवत १७ गते सफथ ग्रहणको कार्यक्रम हुने बताएका छन् ।

आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव कृष्ण नेपाली, नेपाल पत्रकार महासंघ दाङका संस्थापक नारायण प्रसाद शर्मा,नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी,प्रेस सेन्टरका केन्द्रीय सदस्य अजयदिप शर्मा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकले गरेका थिए ।

लुम्बिनी प्रदेशको १८ महिने उपलब्धीहरु

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे