भालुवाङबाट लागूऔषध सहित ३ जना पक्राउ



भालुवाङबाट लागूऔषध सहित ३ जना पक्राउ

भालुवाङ १२ पुस । दाङको राप्ती गाउँपालिका १ भालुवाङबाट लागूऔषध (ब्राउन सुगर) सहित ३ जना पुरूष पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ बस्ने बर्ष २६ का अजय पुन मगर, सोही ठाउँ निवासी बर्ष २४ का खुमबहादुर खत्री र वर्ष १९ का बसन्त खत्री रहेका छन् । सोमबार बेलुकी अन्दाजी ६ बजेको समयमा राप्ती गाउँपालिका वडा नं. १ माथिल्लो भालुबाङ स्थित नरबहादुर खत्रीको घरकोठामा लागु औषध (ब्राउन सुगर) को कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने उनीहरूलाई लागूऔषध सेवन गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घरको अन्डरग्राउण्डमा समेत चेकजाँच गर्दा शौचालयको पानी निकाश हुने पाईप भित्र निजहरुले बिक्रीवितरणको लागि लुकाई छिपाई राखेको कालो प्लास्टिकको पोका फेला पारी उक्त पोका भित्र ५ ग्राम ४४ मिलि ग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खेैरो गिलो पदार्थ फेला पारेको प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् । पक्राउ तीनै जनालाई प्रहरी हिरासतमा राखी लागु औषध (ब्राउन सुगर ) कसुर अन्तर्गत दाङ जिल्ला अदालतबाट दिन ५ म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरी निरिक्षक शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे