समाज परिवर्तनका लागि सवै धर्मावलम्बीहरू एक जुट हुन आवश्यक छ : अध्यक्ष विष्ट



समाज परिवर्तनका लागि सवै धर्मावलम्बीहरू एक जुट हुन आवश्यक छ : अध्यक्ष विष्ट
भालुवाङ १० पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले क्रिसमस डे को अवसरमा शुभकामना दिदै मानव जातिले जुनसुकै धर्म मानेपनि मानवमुक्ती तथा समाज परिवर्तनका लागि सवै एक जुट हुन आवश्यक रहेको बताएका छन् ।
इसाई धर्मावलम्बीहरूको महान् पर्व तथा क्रिसमस डे को अवसरमा सु- समाचार मण्डली राप्ती गाउँपालिका ७ अहर्नपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले सवै धर्मका व्यक्तिहरू बीच आपसी भाईचार, धार्मिक सत्भाव हुन जरूरी रहेको बताएका छन् । साथै उनले धर्मको नाममा मुलकमा कुनै पनि प्रकारको विभेद गर्न नहुने बताएका छन् ।
मण्डलीका पास्टर निशु प्रसाद चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चाैधरी, राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरी लगायतका वक्ताहरूले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रवचन र विभिन्न साँस्कृतिक प्रस्तुति समेत देखाइएको थियोे । कार्यक्रमको सञ्चालन मण्डलीका सक्रिय सदस्य दामोदर चाैधरीले गरेका थिए ।
त्यस अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिका वडा नम्बर १ को जिजस फर यु नेशन मण्डली भालुवाङ, सोही वडा कै भालुवाङमा रहेको स्थिर एजी मण्डली, वडा नम्बर २ को सु- समाचार मण्डली रामनगर, वडा नम्बर ८ को हेपी वेथेल मण्डली बिजाैरीको कार्यक्रममा सहभागी भई शुभकामना दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे