गढवामा जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपुर्ण ब्याटमिन्टन प्रतियोगिताको सुरू



गढवामा जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपुर्ण ब्याटमिन्टन प्रतियोगिताको सुरू

गढवा १० पुस । गढवा गाउँपालिकाको आयोजनामा दुई दिने जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपुर्ण ब्याटमिन्टन प्रतियोगिता शनिबार देखि गढवाको कभर्डहलमा सुरू भएको छ।

प्रतियोगिताको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले ब्यानर पढेर उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेलले स्वास्थ्यका लागि खेल एकदमै महत्वपूर्ण रहेको भन्दै स्वास्थ रहनका लागि खेल एकदमै आवश्यक रहेको बताए।

जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपुर्ण ब्याटमिन्टन प्रतियोगिताले एकातिर स्वस्थ रहन फाइदा गर्छ भने अर्को तिर जनप्रतिनिधि र कर्मचारी बिच सहयोगी भावनाको बिकास गर्नको लागि निकै ठुलो योगदान पुर्‍याउने बताए । गढवा गाउँपालिका खेल क्षेत्रमा पछाडी परेको स्वीकार गर्दै आफु निर्वाचित भएर आए देखी नै गढवा गाउँपालिकामा आफ्नै सुविधा सम्पन्न खेल मैदान बनाउने तर्फ सोचेको बताउँदै आफुले पहिलो बर्ष कै निति तथा कार्यक्रममा गढवामा पालिकामा पालिका स्तरको सुविधा सम्पन्नको स्टेडियम निर्माण गर्ने संग संगै गढवा गाउँपालिकाको एउटा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने उद्देश्य राखेको जानकारी दिएका छन् ।

आगामी आर्थिक वर्षमा गढवाको निर्माणाधिन कभर्डहलको कार्य सम्पन्न हुने किसिम प्रदेश, संघ वा गढवा गाउँपालिका बाट जहाँ बाट भएपनि स्रोत जुटाएर पुर्णता दिने प्रतिबद्धता ब्यक्त गरेका छन् । खेलकुद समितिले एउटा पालिमा र अर्को वडामा रहेको समितिले सबैखाले खेलकुदलाई प्रोत्साहन गर्ने किसिमले कार्यबिधि पास गरेको बताउँदै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकाको सबै विद्यालयलाई पनि जोडेर खेललाई पनि पहिलो प्रथामिक्तामा राखेर पालिकाले काम गरी रहेको जानकारी दिएका छन् ।

गढवा कभर्डहलका संस्थापक तथा हाल सम्मका अध्यक्ष कृष्ण राज पाण्डेले बिचार ब्यक्त गर्दै निर्माणाधिन कभर्डहललाई तयार गर्नका लागि अनुरोध गरे । उद्घाटन कार्यक्रमको पहिलो खेल जनप्रतिनिधि तर्फ गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र गढवा गाउँपालिका वडा नम्बर – ४ का अध्यक्ष हरिभगत चौधरी र अर्को तर्फ कर्मचारी तर्फ गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी र स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी बिच मैत्रिपुर्ण कडा प्रतिस्पर्धा भएको थियो।

जसमा जनप्रतिनिधिको टिमले जित हासिल गरेको थियो। जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिता दुई दिन सम्म चल्ने गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिए ।

पहिलो दिनको खेल सकिएको छ भने दोस्रो दिनको खेल आईतवार सकिने र आइतवार नै समापन गरिने अधिकृत चौधरीले बताए । गढवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पालिकाका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे