सहकारी संस्था देशको आर्थिक मेरुदण्ड हो : उपप्रमुख योगी



सहकारी संस्था देशको आर्थिक मेरुदण्ड हो : उपप्रमुख योगी

लमही ९ पुस । गौमुखी बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभा शनिवार लमहीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पदमप्रसाद पुडासैनीको अध्यक्षता एवम् लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सो अबसरमा बोल्दै उपप्रमुख योगीले बचत तथा ऋण सहकारी संस्था देशको आर्थिक मेरुदण्ड भएको बताएकी छिन् । उनले गाउँघरमा छरिएर रहेको पुजीलाई एकत्रीत गरि सहकारीको माध्यमबाट साना तथा मझौला उद्यम व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नका लागि बचत तथा ऋण सहकारीले समुदायमा राम्रो भुमिका खेलेको बताइन् ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओमप्रकाश सुबेदीले सहकारीहरु सहकारीको नीति नियम र उदेश्य अनुसार सञ्चालन हुन आबश्यक रहेको बताए । पछिल्लो समय सहकारीहरुले संस्थाको उदेश्य बिपरित काम गर्दा केही सहकारीहरुको अबस्था दयनीय बन्दै गएकोले बचत तथा ऋण सहकारीहरुका सदस्यहरुले त्यसको निगरानी र अनुगमन गर्न आबश्यक रहेको बताउका छन् ।

संस्थाका उपाध्यक्ष अन्जु भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका सचिब नारायण गिरीले बार्षिक प्रतिबेदन, कोषाअध्यक्ष ऋषिराम आर्चायले आर्थिक प्रतिबेदन र गोविन्द पुलामीले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । अस अनुसार असल मासिक बचत कर्ताबाट शान्ता घिमिरे, असल कर्जा असुलीबाट हिरा रोका, असल दैनिक बचत कर्ताबाट शान्ता जिसीलाई सम्मान गरिएको थियो ।

त्यसैगरि असल कर्मचारीहरु शिबा शर्मा, पबित्रा आचार्य, राधा आचार्यलाई पनि सम्मान गरिएको थियो । भने जेष्ठ शेयर सदस्य प्रेमबहादुर खत्रिलाई पनि सम्मान गरिएको थियो । त्यसै गरि संस्थाका अध्यक्ष पदमप्रसाद पुडासैनी, कोषाध्यक्ष ऋषिराम आचार्य, सल्लहाकारहरु नारायणप्रसाद आचार्य, पदमप्रसाद गोराथोकी, ऋण समितिका संयोजक बलबहादुर राना र लेखा समिति संयोजक गोबिन्द पुलामीलाई संस्थागत सम्मान गरिएको थियो । भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव नरायण गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे