विजय गच्छदारलाई हराउँदै सुनसरी ३ मा एमालेकी चाैधरी विजयी



विजय गच्छदारलाई हराउँदै सुनसरी ३ मा एमालेकी चाैधरी विजयी

काठमाण्डाै १४ मंसिर । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चाैधरी विजयी भएकी छिन् । अन्तिम मत परिणाम अनुसार चाैधरीले ४० हजार सात ८८ मत ल्याएकी छिन् ।

उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले हराएकी हुन् । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाएका थिए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरेका छन् । यसअघि २०७० र २०७४ काे चुनावमा चाैधरीलाई झिनाे मतले पराजित गर्नुभएका गच्छदार यस पटक भने आफू पराजित भए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे