सञ्चारमैत्री देउसी भैलोबाट संकलित रकमले राप्तीका बाढी पिडितलाई फाइवर सिरक वितरण



सञ्चारमैत्री देउसी भैलोबाट संकलित रकमले राप्तीका बाढी पिडितलाई फाइवर सिरक वितरण

भालुवाङ १० मंसिर । दाङको देउखुरीमा सञ्चारमैत्री देउसी भैलोबाट संकलित रकमले बाढी पिडितलाई राहत स्वरुप फाइबर सिरक, तन्ना र यातायात खर्च वितरण गरिएको छ ।राप्ती प्रेस मञ्च र समावेशी रेडियो राप्ती स्रोता क्लबको सहकार्यमा देउसी भैलो मूल आयोजक समितीको आयोजनामा कार्तिक ७ गते देखि १२ गते सम्म सञ्चालन भएको देउसीभैलो कार्यक्रमबाट संकलित रकम मध्ये खर्च कटाएर बच्न आएको रकम मध्ये ४० प्रतिशत रकमले अति बाढी पिडित घर परिवारलाई शनिवार एक कार्यक्रमको आयोजना गरी राहत स्वरुप फाइवर सिरक र तन्ना बितरण गरिएको हो ।गत असोजमा आएको बाढीले देउखुरीको राप्ती गाउँपालिकाका विभिन्न वडामा ठुलो नोक्सानी पु¥याएको र कतिपयको घरबार समेत विहिन भएको दर्दनाक अवस्थालाई मध्यनगर गरी जाडोको समयमा शरीर न्यानो बनाउन ३४ हजार ८७ रुपैयाँबाट १२ घरपरिवारलाई फाइबर सिरक र तन्ना र यातायात खर्च उपलब्ध गराएकोे भैलो मुल आयोजक समितिका संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरी, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, ९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, राप्ती गाउँपालिका विपत शाखा प्रमुख सुभाष भट्टराई, समावेशी रेडियो राप्ती स्रोता क्लवका कोषाध्यक्ष  मोतीराम भट्टराई र आयोजक संस्था तथा भैलो समितिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा भैलोको आम्दानी तथा खर्च विवरण आर्थिक समितिका संयोजक सन्तोषकुमार गुप्ताले प्रस्तुत गरेका थिए । राप्ती प्रेस मञ्चका प्रथम उपाध्यक्ष बासुदेव न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

६ दिन सम्म खेलेको भैलोबाट कुल १ लाख ४८ हजार ३ सय ७३ रुपैयाँ संकलन भएकोमा ६३ हजार १ सय ५५ रुपैयाँ खर्च भएको र ८५ हजार २ सय १८ रुपैयाँ बचत भएको थियो । सो बचत रकमबाट ४० प्रतिशत राहतमा खर्च गर्ने र ६० प्रतिशत रकम मनोरञ्जनमा खर्च गर्ने निर्णय भएको थियो । बाँकी उठ्न १३ हजार ४ सय ९६ रुपैयाँले रक्तदान कार्यक्रम गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे