एमालेले समानुपातिकमा २१ लाख मत कटायो



एमालेले समानुपातिकमा २१ लाख मत कटायो

काठमाडौं १० मंसिर। प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिक तर्फ नेकपा एमालेले २१ लाख मत कटाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको साँझ ६:२५ बजेसम्मको मतपरिणाम अनुसार एमालेले २१ लाख ५ हजार ७४९ मत ल्याएको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २० लाख २७ हजार ४१८ मत पाएको छ।नेकपा माओवादी केन्द्रले ८ लाख ९५ हजार ८६४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ६२ हजार ८९२ मत पाएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६० हजार ३०२ मत पाउँदा जनता समाजवादी पार्टीले २ लाख ४९ हजार ६२४ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले १ लाख ९५ हजार ३४४ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे