राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु



राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु

सिसहनियाँ १० मंसिर । दाङको राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवार देखि मनाउन सुरु गरिएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणनामा कर्मचारीहरु खटिएकोले एक दिन ढिला गरि दिवस मनाउन सुरु गरिएको हो ।दिवसको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका थिए । राप्ती गाउँपालिकाले विगतको वर्ष भन्दा यस वर्ष फरक किसिमले दिवस मनाउन थालेको छ । औपचारिक र देखाउनका लागि मात्र दिवस मनाउदा राज्यको लाखौ रकम खेर जाने तर उपलब्धी नहुने भएपछि गाउँपालिकाले यस वर्ष लैंगिक हिंसा हुने वडा बस्तीमै पुगेर श्रीमान श्रीमती, छोरा बुहारी लगायत परिवारका अन्य सदस्यहरुलाई राखेर लैंगिक हिंसाका बारेमा प्रशिक्षण दिने गरी कार्यक्रम गर्न लागेको छ ।त्यसै गरि विद्यालय स्तर र महिला संस्थाहरुका दिदीबहिनीहरुलाई समेत प्रशिक्षण दिने र रेडियो टेलिभिजनहरुबाट संदेशमुलक सुचना प्रसारण गर्ने गरि कार्यक्रम सुरुवात गरिएको राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवनकुमारी जिसीले जानकारी दिएकी छिन् । सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराकाका साथ दिवस मनाउन थालिएको छ ।

राप्ती गाउँपालिकाका प्रवक्ता तथा सामाजिक विकाश समितिका संयोजक एवम् २ नम्बर वडा अध्यक्ष पहलवान चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वच्छ व्यवसायी नेपालका कार्यक्रम संयोजक बासुदेव घिमिरे, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख सुजनविक्रम शाह, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका निमित्त स्टेशन म्यानेजर सन्तोषकुमार गुप्ता, राप्ती प्रेस मञ्चका महासचिव ओमप्रकाश गुप्ता, निगरानी समुह, महिला विकास सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, आर.आर.एनका जगवीर चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी कल्पना खनालले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे