रुपन्देहीमा सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ



रुपन्देहीमा सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

बुटवल १७ कार्तिक । रुपन्देहीमा २ किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा १५ र १६ बर्षीया किशोरीलाई बुधबार राति अपहरण गरी बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० का १८ वर्षका बबि पाण्डे, २६ वर्षीय रामबहादुर बिक, सैनामैना–११ बनकट्टिकी १९ वर्षीय पदम कार्की र गैडहवा गाउँपालिका–८ का १८ वर्षीय राहुल परियारलगायत रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

बुधबार गाउँमा लागेको सांस्कृतिक कार्यक्रम हेरेर फर्कने क्रममा ती किशोरीहरुलाई १०÷१२ जनाको समूहले गैडहवा गाउँपालिका–२ कुलीचौरस्थित कञ्चन खोलाको बगरमा सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको र पक्राउ परेकाको बयानका आधारमा घटनामा संलग्न अन्यको पहिचान खुल्ने प्रहरी प्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे