तुलसीपुरमा माओवादीका नेता एमालेमा प्रवेश



तुलसीपुरमा माओवादीका नेता एमालेमा प्रवेश

तुलसीपुर १७ कार्तिक । नेकपा माओवादी दाङ जिल्ला समिति सचिवालय सदस्य केदार आचार्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । एमाले महासचिव शंकर पोखरेलले खादा लगाएर पार्टीमा स्वागत गर्दै आचार्यको आगमनले क्षेत्र नम्बर ३ मा विजयी सुनिश्चित गरेको बताए ।

पछिल्लो समय माओवादी पार्टी भित्र नेता र कार्यकर्ताको वितृष्ण पैदा भएका कारण एमालेमा आउने क्रम बढेको बताउँदै पोखरेलले पार्टी उचित स्थान दिएर काममा खटाउने बताए ।  

आचार्यलाई माओवादी पार्टीले २०७४ को स्थानीय निर्वाचनमा १२ नम्बर वडाको अध्यक्ष पदमा टिकट दिएको थियो । सो अवसरमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल वली, ३ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डे लगायतका नेताहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे