देउखुरीकाे भालुवाङमा आज दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार सँग निर्वाचन बहस गरिदै



भालुवाङ १७ कार्तिक । देउखुरीकाे भालुवाङमा आज अन्तरगतका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सँग निर्वाचन बहस हुन लागेकाे छ ।   राप्ती प्रेस मञ्चले आज पहिलाे चरणमा दाङ क्षेत्र नम्बर १ अन्तरगतका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सँग निर्वाचन बहस कार्यक्रम गर्न लागेकाे हाे ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका उम्मेदवारको चुनावी एजेन्डा र सर्वसाधारणको जिज्ञासा एकै थलोमा पस्किने गरि निर्वाचन बहस कार्यक्रम गर्न लागेको मञ्चका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् । आज विहान ११ बजे राप्ती उद्योग वाणिज्य संघको सभाहल राप्ती गाउँपालिका- १ भालुवाङमा हुन लागेको कार्यक्रममा संघमा उम्मेदवारी दिएका उम्मेदवार, विभिन्न संघ संस्थाका प्रमुख, उद्योगी, व्यापारी, शिक्षक, कृषक, मजदुर, विद्यार्थी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत इच्छुक सर्वसाधारण सवैलाई यसै सुचना मार्फत कार्यक्रममा उपस्थित भईदिन आयोजकले सवैमा आग्रह समेत गरेको छ ।

साथै उक्त कार्यक्रमकाे रेडियाे राप्ती ९८.४ मेगाहर्ज र देउखुरी टुडे डटकमले प्रत्यक्ष प्रसारण गर्ने समेत मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् । त्यस्तै आज प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सँग बहस गर्ने छ भने भोलि प्रदेशसभा सदस्य पदका उम्मेदवार सँग मञ्चले बहस कार्यक्रम गर्ने महासचिव गुप्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे