राप्ती प्रेस मञ्चले ग¥यो प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सँग निर्वाचन बहस



राप्ती प्रेस मञ्चले ग¥यो प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सँग निर्वाचन बहस

भालुवाङ १७ कार्तिक । राप्ती प्रेस मञ्चले बिहीबार भालुवाङमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सँग निर्वाचन विशेष बहस गरेको छ । दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका सवै उम्मेदवारहरूलाई एकै थलोमा राखेर बहस गरेको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी एजेन्डा लिएर चुनावी मैदानमा होमिएका उम्मेदवार सँग उनीहरूको एजेन्डा सुन्न र सर्वसाधारणको प्रश्न तथा जिज्ञासा मेटाउन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार मेटमणी चाैधरी र नेकपा एमालेका उम्मेदवार शान्ता चाैधरी भने कार्यक्रममा नआएपनि अन्य साना दल र स्वतन्त्र उम्मेदवारको सहभागीता रहेको थियोे ।

कार्यक्रम सहभागीहरूले ५ वर्ष भित्र के के काम गरेको र आगामी कार्यक्रम तथा के कस्ता एजेन्डा छ भन्ने विषयमा जिज्ञासा राखेका थिए । भने उम्मेदवारहरूले दाङको देउखुरीमा मेडिकल कलेज, दिर्घकालिन राप्ती तटबन्ध, गुणस्तरीय शिक्षा, कृषि तथा विकास निर्माणका योजना अगाडि सारेको बताएका थिए । कार्यक्रममा हाम्रो नेपाली पार्टीका उम्मेदवार गंगा चाैधरी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटकी उम्मेदवार रूक्मणी चाैधरी र मंगोल नेशनल अग्रनाइजेशनका उम्मेदवार शोभाराम बुढाको सहभागीता रहेको थियोे ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा विषय वस्तु बारे जानकारी मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताले गरेका थिए । भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सहसचिव दशरथ घिमिरेले गरेका थिए भने कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे