दाङ क्षेत्र नम्बर १ मा बाम लाेकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक (पूर्ण पाठ सहित)



दाङ क्षेत्र नम्बर १ मा बाम लाेकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक (पूर्ण पाठ सहित)

भालुवाङ १७ कार्तिक । आसन्न निर्वाचनका लागि बाम लाेकतान्त्रिक गठबन्धनले दाङ क्षेत्र नम्बर १ काे भालुवाङमा १४ पेजकाे संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

बिहिवार उद्योग वाणिज्य संघको सभाहमा पत्रकार सम्मेलनको आयोजना गरि नेकपा माओवादी केन्द्रका जगतबहादुर थापा, नेपाली कांग्रेसका सुरज खड्का र नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटि सचिवालय सदस्य भुमाण्डव केसीले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभाको निर्वाचनमा  नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतको दलले चुनावी गठबन्धन गरेका छन्।  घोषणापत्र सार्वजनिक गर्दै नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटि सचिवालय सदस्य भुमाण्डव केसीले बाम गठबन्धनको घोषणापत्र चुनाव लड्नका लागि मात्र नभएर देश बनाउन ल्याएको घोषणापत्र भएको बताए । गठबन्धनको घोषणापत्र सर्वोत्कृष्ट घोषणापत्र भएको दाबी उनको छ।

घोषणापत्रमा प्रदेश राजधानीको विस्तार, राप्ती करिडोरको निर्माण, मसोट देखि ववईसम्म सुरुङ मार्ग विस्तारको सम्भाव्यताको अध्ययन गरी द्रुत गतिमा डि.पि.आर. सम्पन्न गरी मसोट देखि ववई सम्म सुरुङ मार्गको विस्तार, शिक्षा, खेलकुद र स्वास्थ्यमा सुधार, वड्का पथ र प्रगन्ना सिंचाइ सञ्जाल विस्तार गरि दिगो सिंचाइको अवधारणा स्वरुप उक्त नहरका सेवा क्षेत्र भित्र पर्ने भूमिहरु पूर्ण रुपमा सिंचाइ योग्य बनाइने, फोहरलाई मोहरमा वदल्ने कार्यक्रम कार्यान्वयनमा ल्याई रोजगारीको सिर्जना तथा फोहोरको उचित व्यवस्थापनका लागि नयाँ प्रविधि (प्लान्ट) जडानको अवलम्बन, कृषि, पशु र वन, आन्तरिक तथा वाह्य पर्यटन विस्तार, उत्तर दक्षिण सडक सञ्जालको विस्तार, मितव्ययी सूचना तथा सञ्चार, अव्यवस्थित बसोबासी र सुकुम्वासी समस्याको हल गर्नका निमित्त भूमि सम्बन्धी ऐनको निर्माण भई लगत लिने कार्य समेत जारी भएकाले सम्पूर्ण भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीलाई छिटो भन्दा छिटो लालपुर्जा प्रदान गर्न समन्वयकारी भूमिका निर्वाह गरिन घोषणापत्रमा उल्लेख छ।

हेर्नुहाेस् घाेषणापत्रकाे पूर्ण पाठ

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे