साइन रेसुङ्ग बैङ्कद्धारा देउखुरीकाे लालमटिया स्थित हर्षेडाँडा मन्दिर परिसरमा बृक्षारोपण



साइन रेसुङ्ग बैङ्कद्धारा देउखुरीकाे लालमटिया स्थित हर्षेडाँडा मन्दिर परिसरमा बृक्षारोपण

लालमटिया १८ कार्तिक । साइन रेसुङ्ग बैङ्क लालमटिया शाखा आफ्नो १४ औँ बार्षिक उत्सवको अवसरमा देउखुरीको राप्ती गाउँपालिका—२ लालमटिया स्थीत कालिका सामुदायिक वन उपभोक्ता समुह अन्र्तगत हर्षेडाँडा मन्दिर परिसरमा आज बृक्षारोपण गरी मनाएको छ ।

बैङ्कले आफ्नो १४ औँ बार्षिक उत्सवको अवसरमा देशभर चौध हजार बिरुवा रोप्ने लक्ष्य अनुसार लालमटिया शाखाले उक्त मन्दिर परिसरमा विभिन्न प्रजातिका करिब डेढ सय बढी बिरुवाहरु रोपेर मनाएको बैङ्क शाखा प्रमुख पुष्प गुरुङ्गले जानकारी दिए ।

उक्त बृक्षारोपण कार्यक्रममा राप्ती गाउँपालिकाका प्रबक्ता तथा २ नम्बर वडाध्यक्ष पहलवान चौधरी(अनुप), वार्ड नम्बर २ का सदस्यहरु मनबहादुर पुन, टेकबहादुर रावत, कालिका सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष बेदुलाल सुवेदी, सोही वन समूहकी सचिव शिला पौडेल, करम्दी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यमबहादुर रोका, सोही वन समुहका सचिव गोबिन्द रोका र बैङ्कका अन्य कर्मचारी, वन समुहका सदस्य तथा उपभोक्ताहरु लगायत करिब २० जनाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे