LISTEN LIVE RADIO

राप्ती प्रेस मञ्चको दशैमिलन कार्यक्रम सम्पन्न, यस वर्षको दशै गाउँ केन्द्रित हुन्छ : अध्यक्ष विष्ट



राप्ती प्रेस मञ्चको दशैमिलन कार्यक्रम सम्पन्न, यस वर्षको दशै गाउँ केन्द्रित हुन्छ : अध्यक्ष विष्ट

भालुवाङ १० असोज । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले सोमवार दशैमिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

हिन्दुहरुको महान् चाड विजयादशीको अवसरमा दशैको पहिलो दिन घटस्थापनाका दिन मञ्चले राप्ती गाउँपालिका वडा नम्बर ४ को सहयोग तथा सहकार्यमा राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा सो कार्यक्रम गरेको हो । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको दशैमिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रमुख विष्टले चाडपर्वलाई भड्किलो तरिकाले नमनाउन सुझाव दिएका छन् ।

चाड मनाउने नाममा गर्ने देखासिकीको अन्त्य गरी औकात हेरेर दशै मनाउन आग्रह गरेका छन् , त्यस्तै अध्यक्ष विष्टले यस वर्षको दशै गाउँ केन्द्रित रहने बताएका छन् । एक छाक खान नपुग्ने परिवारको पहिचान गरी सो परिवारलाई आफुले पाउने सेवा सुविधाबाट दशै खर्च उपलब्ध गराउने र परिवारलाई दशै आएको महसुस गराउने गरि कार्यक्रम गर्न लागेको बताएका छन् ।

मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, प्रदेश पुर्वधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेल, राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष विरबहादुर चौधरी, नेकपा एमालेका लोकबहादुर केसी, नेकपा माओवादीका तुला गिरी, नेकपा एकिकृत समाजवादी पार्टीका शिशिर पुन, राजमोका ठाकुरप्रसाद आचार्य, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्का, प्रहरी चौकी मसुरीयाका प्रमुख निमबहादुर खत्री, मौरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगम बस्नेत, ज्योती विकास बैंकका प्रमुख प्रकाश जिसी, भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सिर्जना थापा र सिमा केसीको स्वागत गीत तथा मञ्चका प्रमुख संरक्षक महेश रिजालले विषयवस्तु प्रवेश गराएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे