LISTEN LIVE RADIO

बैंकले चर्को व्याज लिएको बिरोधमा दाङका व्यसायी सडकमा



बैंकले चर्को व्याज लिएको बिरोधमा दाङका व्यसायी सडकमा

घाेराही ९ असोज। बैंक तथा वित्तीय संस्थाहरुले गरेको चर्को व्याजदर वृद्धिको विरोधमा दाङ जिल्ला उद्योगी व्यवसायी आन्दोलित भएका छन् । बैंकहरुले वृद्धि गरेको चर्को व्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत सरकारको ध्याणाकर्षण गराएका छन् ।

आइतबार दाङ जिल्ला उद्योग बाणिज्य संघको अगुवाईमा प्रधानमन्त्रीको कार्यालय, राष्ट्र बैंक, नेपाल उद्योग बाणिज्य महासंघ, अर्थ मन्त्रालय लगायतका निकायमा ज्ञापन पत्र पेश गरेको हो । सो अवसरमा दाङ उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकी, निवर्तमान अध्यक्ष नारायण भुसाल, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी उखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खडका, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर, नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष टिकाराम खत्री, बिजौरी उद्योग बाणिज्य संघका उपाध्यक्ष बालकृष्ण रेग्मी, बंगलाचुली उद्योग बाणिज्य संघका अध्यक्ष रुकप्रसाद कुलामी लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे