बुटवल–नारायणगढ सडक विस्तारको काम सुस्त हुँदा यात्रुलाई सास्ती



बुटवल–नारायणगढ सडक विस्तारको काम सुस्त हुँदा यात्रुलाई सास्ती

रुपन्देही । निर्माणाधीन बुटवल—नारायणगढ सडक विस्तारको काममा ढिलाई हुँदा यात्रुलाई सास्ती भएको छ । सम्झौता अनुसार काम गर्न नसकेको निर्माण कम्पनीले न्यूनतम् मापदण्ड पनि पालना नगर्दा यात्रुले समस्या भोग्नु परेको हो ।

सडकमा यातायातका साधन गुडिरहने भएकाले खाल्डाखुल्डी पर्नुपर्ने, बाइपास पथ बनाउनुपर्ने, धुलो नियन्त्रण गर्न पानी राख्ने, ट्राफिक संकेतका चिह्नहरु राख्नुपर्ने जस्ता न्यूनतम मापदण्ड पालना नगर्दा चालक तथा यात्रु सास्ती भोग्न बाध्य भएका हुन् ।

बुटवल–नारायणगढ सडक विस्तारका लागि २०७५ साल माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो ।

सम्झौताअनुसार सडक विस्तारको काम २०७९ साउनभित्र सम्पन्न गर्नुपर्ने थियो । तर विभिन्न समस्या देखाएर ठेकेदार कम्पनीले सडक निर्माणको समयावधि एक वर्ष थप्न लगाएको छ । निर्धारित समयभित्र १८ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।

यो सडकको पूर्व र पश्चिम खण्ड गरी दुई वटा प्याकेजमा काम भइरहेको छ । सडक विस्तार आयोजनाका पश्चिम क्षेत्रका प्रमुख प्रदिपराज शाक्यका अनुसार अहिले सडकको काम रोकिएको छ । वर्षायाम भएकाले सामान्य मर्मतको काममात्र भएको उनले बताए ।

उनका अनुसार दसैँपछि नियमित काम सुचारु हुनेछ । तर सडकमा घाममा धुलो र पानीमा हिलोले यात्रु तथा सवारी चालकले हैरानी ब्यहोरेका छन् ।

यो सडक निर्माणमा ढिलाई भएको भन्दै नवलपरासीमा स्थानीय बासिन्दाले आन्दोलन नै गरेका छन् । गत सोमबार नवलपरासीको गैंडाकोटमा स्थानीयले चक्का जाम गरेर दबाब सिर्जना गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।

गत साउन २३ गतेदेखि लागू हुनेगरी सडक आयोजनाको म्याद एक वर्ष थपिएको छ । ४२ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिए पनि हालसम्म १८ प्रतिशतमात्र काम भएकाले थपिएको थप एक वर्षभित्र पनि काम सम्पन्न हुने निश्चित छैन ।

यो सडक गैंडाकोटदेखि दाउन्नेसम्मको ६४।५ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवलको ४८।५ किलोमिटर खण्डलाई प्याकेज २ निर्धारण गरेर काम भएको हो । विस्तार भइरहेको सडकको कुल लम्बाइ ११३ किलोमिटर छ । सडकखण्डको ‘स्टान्डर्ड’ चौडाइ चार लेन ९२४ मिटर० हुनेछ ।

अन्य क्षेत्रमा सडकको कुल चौडाइ ‘मेडियन’सहित चार लेनको हुन्छ भने ग्रामीण र सहरी क्षेत्रमा चार लेनका साथै ‘सर्भिस ट्रयाक’समेत निर्माण गरिनेछ । ‘मेडियन’को चौडाइ तीन मिटर हुनेछ । गैंडाकोट–दाउन्नेखण्डको सहरी क्षेत्र ९१७।७ किमि०मा दुवैतर्फ ६ मिटरको ‘सर्भिस ट्रयाक’ पनि निर्माण हुनेछ ।

त्यसैगरी ग्रामीण क्षेत्र ९४२।७ किमि० ‘सर्भिस ट्रयाक’बाहेक चार लेनको सडक निर्माण भइरहेको छ । त्यसैगरी दाउन्ने उकालो क्षेत्रको ४।१ किलोमिटरमा विस्तारपछि पनि यो राजमार्ग तीन लेनको मात्र हुने छ । आयोजनाका अनुसार एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्गको विस्तार भइरहेको छ ।

लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारको लगानी छ । आयोजनाका अनुसार, गैंडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे