राष्ट्रपति भण्डारीद्धारा नागरिकता बिधेयक छाेडेर अन्य ६ वटा विधेयक प्रमाणीकरण



राष्ट्रपति भण्डारीद्धारा नागरिकता बिधेयक छाेडेर अन्य ६ वटा विधेयक प्रमाणीकरण

काठमाण्डौ २९ भदाै । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पनि नागरिकता बिधेयक छाेडेर अन्य छ वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९, तथ्यांकसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको सपथ व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् ।

संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति भण्डारी समक्ष पठाइएका ती विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले पठाएको पत्रमा उल्लेख गरिएको पनि सभामुख सापकोटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे