देशभर डिजेल र पेट्रोल ढुवानी व्यवसायीको हड्ताल



देशभर डिजेल र पेट्रोल ढुवानी व्यवसायीको हड्ताल

भदौ २९ दाङ/ भाडा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका ट्यांकर व्यवसायीले बुधबारदेखि डिजेल र पेट्रोलको आन्तरिक ढुवानी रोकेका छन् । नेपाल भर इन्धन वितरण हुने अमलेखगञ्ज डिपोमा इन्धन लिन ट्यांकरहरु उपलब्ध नभएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोले जनाएको छ

डिपोबाट दैनिक एक सय ट्यांकर डिजेल र पेट्रोल भर्न आउँथे,’ डिपो प्रमुख प्रदीपकुमार यादवले भने, ‘आज जम्मा २ वटा ट्यांकर आएका छन् ।’ डिपोमा प्रशस्त मात्रामा डिजेल र पेट्रोलको मौज्दात रहेपनि ढुवानी हुन कठिनाइ सुरु भएको डिपो प्रमुख यादवले बताए । अमलेखगञ्ज डिपो काठमाडौं उपत्यकासहित पोखरा जस्ता ठूला सहरमा डिजेल र पेट्रोल वितरण गर्ने निगमको प्रादेशिक कार्यालय हो ।

ढुवानी व्यवसायीलाई निगमको चेतावनी : आन्दोलन नरोके कारबाही
पाइपलाइनबाट आउने डिजेल देशका अधिकांश ठूला सरहमा यही डिपोबाट आपूर्ति हुन्छ । ट्यांकर व्यवसायीले गरेको हड्ताल अझै केहीदिन कायम रहे ठूला सहरमा इन्धनको हाहाकार सुरु हुनेछ । हाल अमलेखगञ्ज डिपोमा ३२ लाख ९६ हजार लिटर पेट्रोल मौज्दात छ । पाइपलाइनबाट नियमित रुपमा डिजेल प्राप्त भइरहेका कारण डिजेल पनि पर्याप्त मात्रामा रहेको डिपो प्रमुख यादवले बताए । यादवकाअनुसार काठमाडौं लगायतका सहरका ठूला डिपोमा एक सताका लागि मौज्दात पुग्नेगरी इन्धन यस अघि नै पठाइएको छ । उपत्याकामा तत्काल इन्धन अभाव नहुने पनि उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे