LISTEN LIVE RADIO

भाेली कार्तिक २७ गते देखि मंसिर ६ गते सम्म राप्ती गाउँपालिकाका सबै विद्यालय बन्द हुने



भाेली कार्तिक २७ गते देखि मंसिर ६ गते सम्म राप्ती गाउँपालिकाका सबै विद्यालय बन्द हुने

भालुवाङ २६ कार्तिक । देउखुरीको राप्ती गाउँपालिकामा मंसिर ६ गते सम्म विद्यालय बन्द हुने भएको छ । गाउँपालिकामा समुदायस्तरमा काेराेना भाइरसकाे संक्रमण देखिएको र तिहार, छठ पर्वको अवसर पारेर कार्तिक २७ गते बिहिबार देखि मंसिर ६ गतेसम्म विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अन्तरगत सामाजिक विकास समितिको आज बुधबार बसेको बैठकले २७ गते भोली देखि मंसिर ६ गते शनिवार सम्म गाउँपालिका अन्तरगत संस्थागत तथा सामुदायिक  विद्यालय बन्द गर्ने निर्णय गरेको हाे ।

यस्तै कोरोना जोखिम बढेको भन्दै बंगलाचुली गाउँपालिकाले पनि अनिश्चितकालका लागि विद्यालय बन्द गरिसकेको छ । तुलसीपुर उपमहानगरपालिकाका केही वडाले समेत समुदायमा काेराेना जाेखिम देखिएपछि विद्यालय बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे