भाइटीकाको आर्काे दिन ‍‌मंसिर २ गते पनि सार्वजनिक बिदा



भाइटीकाको आर्काे दिन ‍‌मंसिर २ गते पनि सार्वजनिक बिदा

काठमाडौं २६ कात्तिक । सरकारले तिहारको भाइटीकाको आर्काे दिन मंसिर २ गते पनि सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते मंगलबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले विज्ञप्ति जारी गरी मंसिर २ गते सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थासमेतमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे