छैसठ्ठी हजार जम्मा गरेर २० लाख पाइयो, घरमै पुगेर २० लाखकाे बिमा हस्तान्तरण



छैसठ्ठी हजार जम्मा गरेर २० लाख पाइयो, घरमै पुगेर २० लाखकाे बिमा हस्तान्तरण

शिबराज पन्थी, गढवा २६ कार्तिक ।

देउखुरी गढवा – ७ का २१ बर्षिय मनोज चौधरीको गत साउन ३१ का दिन मोटरसाईकिल दुर्घटनामा परि निधन भयो । उनले ५ महिना पहिले देउखुरीको लमही स्थित आइएमई लाइफ इन्स्युरेन्स कम्पनिमा १० लाखको बिमा गराएका थिए । बिमा रकम बोकेर मंगलबार एका बिहानै बिमा कम्पनिको टिम गढवा – ७ भोजपुर स्थित मृतकको घरमा पुग्यो ।

मृत्युदाबी कार्यक्रमको भुक्तानीको ब्यानर र मृतकको फोटो फ्रेम बोकेर घरमा आइपुगेका बिमा कम्पनिका मानिसहरुलाई देखेर घरको पेटीमा बसेकी मृतककी आमा जउनी चौधरी र श्रीमति साधना चौधरी भक्कानो छोडेर रुन थालिन् । मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका छोरा र श्रीमानको फोटो फ्रेम देख्दा उहाँहरु स्तब्ध भएपनि सबैले संझाएपछि राहात रकम पाउँदा भने मन सम्हाल्न पुगिन् ।

बिमा कम्पनीका पुर्व क्षेत्रीय प्रमुख यमलाल न्यौपाने, लमही शाखाका प्रमुख कृष्णकुमार चौधरी, एजेन्सी म्यानेजर कमल आचार्य, जमानसिंह गिरी र बिनोद चौधरी लगायतको टोलीले मृतकको घरमा पुगेर श्रद्दाञ्जली सभा गर्दै बिमा रकमको प्रमाण–पत्र हस्तान्तरण गरे ।

बिगत पाँच महिना अघि मृतक मनोज चौधरीले १० लाख बिमांकको बिमा गरेका र उनको दुर्घटना भै निधन भएकोले कम्पनीले सबै मिलाएर २० लाखको रकम मृतकको हकवाला ८ बर्षीय छोरा मनिष चौधरीको नाममा खोलिएको लमही स्थित माछापुछे्र बैकको खातामा हाल्दियो । छोरा नाबलक भएकोले बिमाको सो रकम मृतककी श्रीमति साधना चौधरीले बैंकबाट निकाल्न पाउनुहुने भएको छ ।

आफू जिवित हुँदा मनोजले गरेको बिमाले शेषपछि घर परिवारलाई राहात भएको छ । गत साउन ३१ गते गढवा ७ भोजपुरका मनोज चौधरी र सुरज नारायण चौधरीको मोटरसाइकिल दुघृटनामा परि बलरामपुरको सानोनदिमा खसेर निधन भएको थियो ।

बिमाको रकम निकासी गर्न बिभिन्न कठिनाई र झन्जट ब्यहोर्नुपर्छ भन्ने सुनेको थिएँ तर आज बिमा कम्पनीले घरमै आएर रकम हस्तान्तरण गरेको छ –मृतककी श्रीमति साधना चौधरीले भनिन् ।

गढवा गाउँपालिकाका वडा सदस्य जानकी चौधरी, पे्रस सल्लाहकार ,स्थानीय गाउँलेहरु र घर परिवारको रोहबरमा बिमा कम्पनिको टोलीले बिमा रकमको प्रमाण हस्तान्तरण गरेको हो । बिमा रकमले पिडितका परिवारलाइ आर्थिक राहात भएको पारिबारिक श्रोतद्धारा बताइको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे