देउखुरीकाे लमही-भालुवाङ सडक खण्डकाे माैरीघाटमा स्थानीयद्वारा सडक अबरूद्ध



देउखुरीकाे लमही-भालुवाङ सडक खण्डकाे माैरीघाटमा स्थानीयद्वारा सडक अबरूद्ध

सन्ताेषकुमार गुप्ता, भालुवाङ २६ कार्तिक ।

देउखुरीकाे लमही-भालुवाङ सडक खण्डकाे माैरीघाटमा स्थानीयद्वारा सडक अबरूद्ध भएकाे छ । गएराती माैैैरीघाटमा माेटरसाइकल र ट्रक एक आपसमा  ठाेकिदा तीन जना युवाहरूकाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।

घटनास्थलमा पल्टिरहेकाे ट्रक प्रहरीले जबरजस्त उठाउन खाेजेपछि पिडितहरूले नाराबाजी गर्दै सडकमा ढुंगा राखेर सडक अबरूद्ध गरेका हुन् । प्रहरीले पिडितहरूकाे सहमित बिना गएराती शब उठाएकाे भन्दै पिडितहरूले बिहान करिब १० बजेदेखि सडक अबरूद्ध गरेका छन् ।

पिडितलाई क्षतिपुर्ति दिलाउन आवश्यक कतैबाट पहल हुन सकेकाे छैन । घटनास्थलमा स्थानीय वडाध्यक्ष बाहेक गाउँपालिका अध्यक्षकाे समेत उपस्थिती रहेकाे छैन । बाटाे खुलाउने र पिडितलाई न्याय दिलाउने बिषयमा ठाेस पहल नहुँदा बाटाे बन्द भएकाे दुई घण्टा बित्न लाग्दा समेत अहिले सम्म सडक सुचारू हुन सकेकाे छैन ।

ट्रक समिती र ट्रकका मालिक सम्पर्कमा नआउँदा अहिले सम्म पिडित पक्ष संग अहिले सम्म छलफल हुन सकेकाे छैन ।

यता दुर्घटना पछि गएराती नै ट्रकका चालक फरार भएका थिए । आज बिहानै मात्र ट्रक चालक कपिलबस्तुकाे गाेरूसिङ्गेबाट प्रकाउ परेपछि ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय भालुवाङ ल्याउने तयारी भएकाे ईप्रका भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिएका छन् ।

ट्रक चालक भालुवाङ प्रहरीकाे सम्पर्कमा आएपछि चालककाे प्रारम्भिक बयानबाट मात्र घटना कसरी भएकाे भन्ने बिषयमा बिस्तृत जानकारी प्राप्त हुने प्रहरी प्रमुख भट्टले देउखुरी टुडेलाई भने ।

पूर्व-पश्चिम सडक अबरूद्ध हुँदा सयाै गाडीहरू र यात्रुहर बीच बाटाेमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे