मौरीघाट दुर्घटनाका मृतक तीन जनाकै सनाखत



मौरीघाट दुर्घटनाका मृतक तीन जनाकै सनाखत

ओमप्रकाश गुप्ता, भालुवाङ २६ कार्तिक ।

देउखुरीको मौरीघाटमा ट्रक र मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा परी मृत्यु भएका ३ जनाकै सनाखत भएको छ । सनाखत हुनेमा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीका १६ वर्षका मनोज गाहा, सोही गाउँपालिका वडा नम्बर २ लालमटियाका १८ वर्षिय कसम पुन र वडा नम्बर ८ पिपरीका १८ वर्षिय दिनेश घर्ती रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

मंगलवार लमही भालुवाङ सडक खण्ड अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा राती ७ ः २५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ गइरहेको रा ५ प ६७३३ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्बतर्फ गइरहेको ना ६ त ३३४४ नम्बरको ट्रक एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार ३ जनाको घटनस्थलमै मृत्यु भएको थियो ।

मृतक तिनै जनाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । यता मुजुल्का नउठाई पल्टिएको ट्रक जर्वजस्ती उठाउन खोजिएपछि विवाद उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे