एमाले दाङकाे तीन वटै निर्वाचन क्षेत्रमा संभावित उम्मेदवारहरुको नाम चर्चामा



एमाले दाङकाे तीन वटै निर्वाचन क्षेत्रमा संभावित उम्मेदवारहरुको नाम चर्चामा

दाङ १६ भदाै । आगामी मंसिरमा ४ गते हुन गइरहेको संघ र प्रदेश सभाको निर्वाचनको चहलपहल शुरु भएको छ । स्थानीय तहको निर्वाचन सकिएको केही समयमै निर्वाचन हुने भएपछि विभिन्न दलका नेता कार्यकर्ताहरु गाउँ देखि जिल्लासम्मका आ-आफ्नो पक्षमा मत परिणाम पार्नेमा जुटेका छन् ।

आफ्नो नाम उम्मेदवारमा सिफारिसका लागि दौडधूप पनि शुरु भएको छ । दाङमा निर्वाचन क्षेत्र ३ वटा छन् । यी क्षेत्रबाट नेकपा एमालेबाट संघ र प्रदेश सभा तर्फ विभिन्न व्यत्तिहरुकाे नाम चर्चामा आउन थालेकाे छ । जस अनुसार क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका सम्भावित उम्मेदवार रेउतीरमण शर्मा, शान्ता चौधरी, गंगा थारुकाे नाम चर्चामा छ । त्यस्तै प्रदेश सभा तर्फ गंगाराम भट्टराई, जगत पोख्रेल, रतन केसी, कुल बहादुर केसी, धुप नारायण चौधरी, सहजराम यादव, नन्दकुमार चौधरी, मोहन पाण्डे, किरण भण्डारी, सुर्य प्रकाश शर्मा र सनम कुमार पौडेलकाे नाम चर्चामा छ ।

यता क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका एक्ला उम्मेदवार शंकर पोख्रेलकाे नाम मात्र चर्चामा आएकाे छ । प्रदेश सभा तर्फ छबिलाल ओली, टोपेन्द्र केसी, गिरिराज केसी, लक्ष्मण आचार्य र बलिभद्र राणाकाे नाम चर्चामा छ । क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा तर्फ युवराज ज्ञावली, घनश्याम पाण्डे र कोमल ओलीकाे नाम मात्र चर्चामा आएकाे छ । भने प्रदेश सभा तर्फ नेत्रमणी लामीछाने, हुकुम बस्नेत, मनोहर बुढाथोकी, कृष्ण भुसाल, नवराज लामीछाने, भागीराम चौधरीकाे नाम चर्चामा रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे